दमाैली । तनहुँको दमौली निवासी मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कर्मचारीको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य पण्डितको दुवै मिर्गौला फेल भएपछि उपचारका लागि कर्मचारीका तर्फबाट सङ्कलन गरिएको रु ५० हजार आठ सय ४५ हस्तान्तरण गरिएको हो ।
सङ्गठनको शुक्रबार आयोजित जिल्ला अधिवेशनका अवसरमा उक्त रकम मिर्गौला पीडित पण्डितलाई हस्तान्तरण गरिएको छ । पण्डितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले कर्मचारीका तर्फबाट सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको सङ्गठनका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समय अगाडी स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।
कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको ठकुरीले जानकारी दिए ।
सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ«े बैङ्कमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।