दमौली । राप्रपा नेपालले तनहुँमा सङ्गठन विस्तार गर्ने भएको छ। हालैमात्र राप्रपाबाट अलग्गिएर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले देशभर सङ्गठन विस्तार अभियान सञ्चालन गरेका हुन् ।
तनहुँमा सङ्गठन विस्तारका लागि मे. सोमबहादुर गुरुङलाई जिम्मा दिइएको छ। शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा थापाले तनहुँको जिम्मा गुरुङलाई दिएका हुन् । राप्रपा नेपालले तनहुँकै कृष्णप्रसाद पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
‘कर्मठ,ईमान्दार र सिद्धान्तनिष्ठ मेजर गुरुङको नेतृत्वमा तनहुँ जिल्लामा राप्रपा नेपाल बलियो शक्तिको रुपमा स्थापित हुने विश्वास लिएको छु,’ थापाले भने, ‘हिन्दुराष्ट्र पक्षधर सबैबाट सहयोगको अपेक्षा गर्दछु ।’