हेलिकप्टर चढ्ने मोह आरोपपछि मन्त्री श्रेष्ठले भने, ‘हेलिकप्टर किन्ने हैसियत छ, चढ्ने रहर लागेको हो र ?’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हेलिकप्टर चढ्ने मोह आरोपपछि मन्त्री श्रेष्ठले भने, ‘हेलिकप्टर किन्ने हैसियत छ, चढ्ने रहर लागेको हो र ?’

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमौली । आइतबार बिहान १० बजे व्यास नगरपालिका-४ स्थित मुख्यचोकको हार्डवेयरमा आगलागी भयो । आगलागी हुने बित्तिकै व्यास नगरपालिका र पोखरा महानगरपालिकाबाट आएको दमकलले निभाउने प्रयास गर्यो ।

    दमकलले मात्र आगो निभाउने प्रयास नभएपछि काठमाडौबाट हेलिकप्टर लिएर श्रममन्त्री कृष्णकुमार श्रेष्ठ दमौली आइपुगे । सिधै मादी नदीमा पुगेर हेलिकप्टरले पानी ओसारेर आगो निभाउन थाल्यो । करिब चार घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आयो ।

    आगो निभाएर फर्किने बेला श्रममन्त्री श्रेष्ठले सबैको सहयोगले आगो निभाउन सकिएको भन्दै धन्यवाद ज्ञापन गरे ।

    हेलिकप्टरकै विषयलाई लिएर जिल्लामा राजनीति सुरु भएको छ । हेलिकप्टर कसको पहलमा आएको भन्ने विषयमा सामाजिक सञ्जालमा कार्यकर्ताबीच टिकाटिप्पणी सुरु भएको छ। श्रममन्त्री श्रेष्ठकै कारण हेलिकप्टर आउन आधा घण्टा ढिला भएको आरोप पनि लगाइएको छ। उक्त आरोपको खण्डन गर्दै श्रममन्त्री श्रेष्ठले आफूलाई हेलिकप्टर चढ्ने लोभ नभएको बताए । ‘म आफै हेलिकप्टर किन्न सक्ने हैसियत भएको व्यक्ति हुँ, हेलिकप्टर चढ्ने लोभ छैन,’ उनले खबरपुञ्जसँग भने ।

    श्रेष्ठले विपद्को घटनामा राजनीतिकरण गरिएको भन्दै दुख व्यक्त गरे । ‘अहिले पॉच दलीय गठबन्धनको सरकार छ, यो सबैको प्रयासबाट सफल भएको हो, घटना थाहा पाउने बित्तिकै प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएको थिएँ, सिम्रिकका सञ्चालक रामेश्वर थापालाई तत्कालै फोन गरी हेलिकप्टर व्यवस्था गर्न पहल गरेको हुँ,’ उनले भने ।