कोभिडले रोकिएको तनहुँ महोत्सव चैत १० देखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कोभिडले रोकिएको तनहुँ महोत्सव चैत १० देखि

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७८, मंगलवार

    दमौली । कोभिड-१९ को प्रभावका कारण रोकिएको आठौ तनहुँ महोत्सव चैत १० देखि हुने भएको छ । कोरोना प्रभाव घटेकाले तनहुँ उद्योग वाणिज्य संघले चैत १० देखि २० गतेसम्म महोत्सव गर्न लागेको हो ।

    यसअघि पुस २९ देखि माघ १० गतेसम्म महोत्सवको मिति तोकिएको थियो । कोरोना कहर न्यूनीकरण भएसँगै महोत्सवको तयारी सुरु भएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    महोत्सवको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार रहेको छ । महोत्सवका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको छ।