बस र सुमो ठोक्किदा १३ घाइते (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बस र सुमो ठोक्किदा १३ घाइते (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७८, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । अन्य घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, नामथर वतन नखुलेकी ३३ वर्षीया महिला, नामथर वतन नखुलेका ६० वर्षीय पुरुष, नामथर वतन नखुलेका ५० वर्षीय पुरुष, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थाप मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ ।

    यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन् ।