दमौली । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुने बताएका छन् । व्यास नगरपालिका–१३ बेलवासमा साेमबार आयाेजित कार्यकर्ता भेलामा जाेशीले उक्त कुरा बताएका हुन् ।
कांग्रेसले मेलमिलाप गरेर जाने हो भने एक्लै सजिलैसँग चुनाव जित्ने उनले दावी गरे । आफ्नै पार्टीका नेतासँग नमिल्ने तर गठबन्धन गर्न तिर ध्यान दिएर काङ्ग्रेस उल्टाे बाटाेमा हिँड्न खाेजेकाे उनले आराेप लगाए ।
‘म सँग मिल्न नहुने प्रचण्डसँग गएर खुट्टामा ढोग्ने रे ? के यो राम्रो हो ? नेता जोशीले प्रतिप्रश्न गर्दै भने, ‘के लागि भन्दा गठबन्धन सत्ताको लागि भन्नु लाजमर्दो कुरा हो । तनहुँ जिल्ला विकासमा पछि परेकाले आफू एकपटकको लागि उम्मेद्वार बन्ने उनले उद्घाेष गरे । उनले आफूलाई पार्टीले टिकट नदिएमा जनताको तर्फबाट उम्मेद्वार बन्ने बताए ।
कार्यक्रममा विपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले माओवादीले कांग्रेसका होनहार कार्यकर्तालाई मारेको बिर्सेर उसैसँग गठबन्धन गर्नु उपयुक्त नभएको बताए।