पल शाह प्रकरण : यी हुन् जाहेरीवाला र प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह प्रकरण : यी हुन् जाहेरीवाला र प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७८, बुधबार

    दमाैली । जबरजस्ती करणी अभियोगमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार बिहानदेखि यो मुद्दामा छुनछेक बहस सुरु भएको हो ।

    पीडित जाहेरीवालाका तर्फबाट बुधबार नौ जनाले बहस गरेका छन् । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा सहित जाहेरीवालाका तर्फबाट नौ जनाले बहस गरेका हुन् ।

    जाहेरीवालाका तर्फबाट अधिवक्ता राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोद प्रसाद लामिछाने, विपीनराज तिवारी, शिवराज काफ्लेले बहस गरेका छन् ।

    प्रतिवादीका तर्फबाट अधिवक्ता परशुराम गिरी, भानुभक्त सुवेदी, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गरेका छन् । वाग्लेको बहस बिहीबार पनि निरन्तर रहनेछ ।