राप्रपा भिमादको अध्यक्षमा खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा भिमादको अध्यक्षमा खनाल

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७८, बुधबार

    भिमाद । राप्रपा भिमाद नगर समितिको अध्यक्षमा विष्णुभक्त खनाल चयन भएका छन् । बुधबार भिमादमा आयोजित भेलाले खनालको अध्यक्षतामा २१ जनाको समिति पुर्नगठन गरेको छ ।

    राप्रपा भिमादका अध्यक्ष मुनाफ मियाँको निधनपश्चात् रिक्त रहेको पदमा खनाल चयन भएका हुन् । बुधबार नै राप्रपा भिमादको कार्यालय उद्घाटन गरिएको छ ।

    राप्रपाले भिमादका ९ वटै वडामा संयोजक तोकेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राप्रपाले प्रमुख उपप्रमुख सहित सबै वडामा उम्मेदवारी दिने विषयमा छलफल गरेको छ ।