दुलेगाैडा । तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।
शुक्रवार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ,वडा नम्बर ५ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।
श्रेष्ठ र थापा एमाले विभाजनपछि नेकपा एसमा सनाखत गरेका थिए । त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्ला गण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किएको प्रेस चौतारीका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले बताए ।
नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।