भादगाउँ खानेपानीमा नगर विकास कोषको तीन करोड ८१ लाख ऋण लगानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भादगाउँ खानेपानीमा नगर विकास कोषको तीन करोड ८१ लाख ऋण लगानी

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७८, मंगलवार

    दमौली । खानेपानी तथा सरसफाई आयोजना अन्तरगत भादगाउँ खानेपानी तथा सरसफाई आयोजना, तनहुँमा नगर विकास कोषको तीन करोड ८१ लाख रुपियाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

    खानेपानी तथा सरसफाई क्षेत्र सह–लगानी आयोजना अन्तरगत भादगाउँ करादी ९खिरखाँदी० खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक ९खानेपानी आपूर्ति तर्फ० १५ करोड २४ लाख ३६ हजार रुपियाँ को २५ प्रतिशतले हुने रकम तीन करोड ८१ लाख रुपियाँ कोषबाट ऋण लगानीका लागि सम्झौता भएको हो।

    नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भादगाउँ करादी ९खिरखाँदी० खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै बीच सोमबार ऋण सम्झौता सम्पन्न भएको छ । ऋण सम्झौतामा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितिमा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका छन्।

    सम्झौता कार्यक्रममा भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष, कोषध्यक्ष, सहसचिव तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सम्झौता कार्यक्रममा भएको उनीहरुको उपस्थितिबाट आयोजनामा भएको ऋण लगानीको अवधारणाको महत्व तथा आवश्यकतालाई उपभोक्ता समूह बीच प्रष्ट्याउन थप मद्दत हुने विश्वास गरिएको छ ।

    व्यास नगरपालिका वडा नम्बर १ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम १० करोड ६७ लाख रुपियाँ, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम तीन करोड ८१ लाख रुपियाँ र पाँच प्रतिशत रकम ७६ लाख २१ हजार रुपियाँ उपभोक्ता संस्थाबाट व्यहोरिने छ ।

    उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ४२९२ घरधुरी ९२१४६० जनसंख्या० र डिजाईन वर्ष सन् २०३३ मा ६३७८ घरधुरी ९३२८९० जनसंख्या० लाई ग्रेभेरी प्लो ९मुहान श्रोत० र सम्प वेल पम्पिङ्ग सम्प प्रणली मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ ।

    सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षबाट जनताको आधारभूत आवश्यकतासँग जोडिएको आयोजनाको कोषबाट विभिन्न पक्षहरुको मूल्याङ्कन पश्चात् भएको ऋण सहयोगले आयोजनालाई दिगो रुपमा आगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अध्यक्षले आयोजनालाई सार्थक बनाउन आगामी दिनमा नगर विकास कोषबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले शहरीकरणतर्फ तीब्र रुपमा अगाडि बढेको व्यास नगरपालिकमा केही वर्ष यता हरेक वर्ष ५०० को हाराहारीमा घर निर्माण भैरेहको आँकडाले ठूला खानेपानी आयोजना अपरिहार्य रहेको बताए । नगर प्रमुखले भादगाउँ खानेपानी आयोजनालाई समयमा गुणस्तरीय रुपमा सम्पन्न गराउन नगरपालिका समेत जिम्मेवारी हुने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आयोजनालाई अगाडि बढाउन गरेको बहत छलफल तथा विविध पक्षको मूल्याङ्कनले आयोजनालाई सफल बनाउन महत्वपूर्ण आधार प्रदान गरेको बताउँदै आयोजनाको सफल कार्यान्वयन, सञ्चालन र व्यवस्थापनमा उपभोक्ता संस्थाको महत्वपूर्ण भूमिका रहने र आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताए ।

    कार्यकारी निर्देशकले उपभोक्ता संस्थाको संस्थागत तथा व्यवस्थापकीय क्षमता अभिबृद्धिमा नगर विकास कोषको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै ब्यास नगरपालिकासँग शहरी पूर्वाधारका क्षेत्रमा कोषसँगको लामो समयको सहकार्य आगामी दिनमा निरन्तर रुपमा रही रहने विश्वास व्यक्त गरे ।