दुलेगौँडा । शुक्लागण्डकी जेसीजले जस्तापाता वितरण गरेको छ । जिल्लाको भिमाद नगरपालिका–५ लदन आमडाँडामा विहीबार जस्तापाता वितरण गरेको हो । २५ पाता जस्ता वितरण गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष शिवबहादुर सुनारले बताए ।
खरका छाना भएका विपन्नलाई जस्ता वितरण गरेको उनको भनाई छ । बर्खाको बेलामा घर चुहिने समस्या भएकालाई जस्ता दिएको सुनारले बताए । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रिय सभापति चुणमडि खनाल, भिमाद–५ का वडाध्यक्ष पदमबहादुर थापा, नेपाली कांग्रेस भिमाद नगर समितिका सभापति अर्बिन श्रेष्ठ लगायतले बोलेका थिए । जेसीजका सदस्य त्रिलोचन लम्सालको संयोजनमा कार्यक्रम भएको हो ।