दमौली आउँदा गृहमन्त्री चढेको हेलिकप्टरको शुल्क कसले तिर्यो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली आउँदा गृहमन्त्री चढेको हेलिकप्टरको शुल्क कसले तिर्यो ?

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७८, मंगलवार

    दमाैली । जिल्लास्तरमा हुने कार्यक्रममा नेता तथा मन्त्रीहरु हेलिकप्टर चढेर आउने प्रचलन बढेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा त झन् हेलिकप्टरको प्रयोग ह्वात्तै बढेको छ । एकैदिनमा चार÷पाँच ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुग्नका लागि पनि नेताहरु हेलिकप्टर चढ्ने गरेका छन् ।

    तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार सकिएको तनहुँ महोत्सवमा सहभागी गृहमन्त्री बालकृष्ण खाँण हेलिकप्टरमा दमौली आइपुगे । नेपाली सेनाको हेलिकप्टरमा दिउँसो २ः३० बजे दमौली आइपुगेका उनी करिब दुई घण्टा दमौली बसेका थिए ।

    गृहमन्त्री खाँण चढेर आएको हेलिकप्टरको शुल्क कसले ति¥यो भन्ने चासो व्यापक भएको छ । सामान्यतयः कार्यक्रम आयोजकले नै अतिथि आएको हेलिकप्टर शुल्क तिर्ने चलन छ । तर तनहुँ उद्योग वाणिज्य सङ्घले गृहमन्त्री आएको हेलिकप्टरको शुल्क नतिरेको जनाएको छ ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले हेलिकप्टरको शुल्क आफूहरुले नतिरेको बताए । सिमराको कार्यक्रममा सहभागी हुन गएका उनी त्यतैबाट दमौली आएका थिए । “हेलिकप्टरको खर्च सङ्घले तिरेको छैन, प्रधानमन्त्री आउँदा पनि सङ्घको पैसा खर्च भएको छैन,” उनले भने ।