प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा तिमिल्सिना, सचिवमा आचार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा तिमिल्सिना, सचिवमा आचार्य

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७८, शुक्रबार

    दमौली । प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा पुनः ब्रम्हदत्त तिमिल्सिना चयन भएका छन् । समाजको शुक्रबार सम्पन्न पॉचौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।

    अधिवेशनबाट समाजको उपाध्यक्षमा गौकुमारी न्यौपाने, सचिवमा ओमकार आचार्य, सहसचिवमा महेन्द्रराज शर्मा, कोषाध्यक्षमा भरत काफ्ले चयन भएका छन् ।

    अधिवेशनको उद्धाटन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष एवं राससका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्रको आधारस्तम्भ जनताको भएको बताए ।

    वाग्लेले प्रजातन्त्र आएपनि सामाजिक विभेद निर्मूल गर्न नसकिएको धारणा राखे । प्रजातान्त्रिक रुपबाट मुलुक नचल्दा विभिन्न समस्या आउने बताउँदै वाग्ले प्रजातन्त्रको आधारस्तम्भ नेपाली जनता भएको उल्लेख गरे ।

    प्रजातन्त्रमा स्वतन्त्र, निष्पक्ष, निर्भिक आवधिक निर्वाचन आवश्यक रहेको उनको भनाई थियो । आवधिक निर्वाचनसँगै अभिव्यक्ति स्वतन्त्रता पनि प्रजातन्त्रमा महत्वपूर्ण रहेको वाग्लेले बताए ।

    प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, समाजका केन्द्रीय सचिव बासुदेव भण्डारी, त्रिभुवन क्याम्पस प्रमुख रविन्द्रराज जोशी, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, समाजका सचिव प्रदीप घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा जिविस महासङ्घका पूर्व महासचिव डा. शेषरमण न्यौपानेले लोकतन्त्रका आधार स्तम्भबारे प्रस्तुतीकरण राखेका थिए ।

    यसैबीच कार्यक्रमको अवसरमा आयोजित लोकतन्त्रका आधार स्तम्भ विषयक वक्तृत्वकला प्रतियोगितामा जनज्योति क्याम्पस भिमादका विवश पराजुली प्रथम भएका छन् । बेलचौतारास्थित भानुभक्त क्याम्पसका हरि खरेल द्वितीय, आदिकवि भानुभक्त क्यामपसका अलिशावंशी ठकुरी तृतीय र महर्षि वेदव्यास संस्कृत मावि दमौलीका प्रवेशचन्द्र घिमिरे सान्त्वना भएका छन् ।