सत्ता गठबन्धनले टुंग्याउन सकेन तालमेलको प्रारूप, भोलि फेरि बस्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता गठबन्धनले टुंग्याउन सकेन तालमेलको प्रारूप, भोलि फेरि बस्ने

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, सोमबार

    काठमाडौं । आउँदोस्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनलाई त्यसको प्रारूप टुंग्याउन सकस परेको छ।

    सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेलको मोडालिटी टुंग्याउन भनेपनि बैठक भोलि बस्नेगरी सकिएको छ। 

    गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि दिउँसो ४ बजे बस्ने गरि उठेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। भोलिको बैठकले तालमेलको प्रारूपलाई अन्तिम रुप दिने उनले बताए। 

    सत्ता गठबन्धनभित्र ६ महानगर, ११ उपमहानगर, नगर र स्थानीय तहको भागबन्डाको विषयमा विवाद जारी छ। खासगरी महानगरका विषयमा सबै दलहरु आ–आफ्नै अडानमा छन्।

    कांग्रेस बाहेकका दलहरुले ३ वटा महानगरको माग गरेका छन्। तर, कांग्रेसले उक्त संख्यामा दिन नसकिने भन्दै आएको छ। वैशाख ३० गते हुने निर्वाचनमा वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराउनुपर्ने छ।

    त्यसअघि नै स्थानीय तहबाट उम्मेदवारको सिफारिस गरेर टुङ्गोमा पुर्‍याउनुपर्ने भनिएको छ।