छाब्दीवाराहीमा आर्थिक अनियमितता : चार जना प्रतिवादीको बयान सकियो, थुनछेक भोलि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीवाराहीमा आर्थिक अनियमितता : चार जना प्रतिवादीको बयान सकियो, थुनछेक भोलि

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७८, मंगलवार

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीवाराही बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका चार जना प्रतिवादीविरुद्ध बयान लिइएको छ । सहकारीका तत्कालिन व्यवस्थापक, बजार प्रतिनिधि र सफ्टवेयर सञ्चालकविरुद्ध मङ्गलबार तनहुँ अदालतमा बयान लिइएको हो ।

    रु तीन करोड भन्दा बढी आर्थिक अनियमिताको आरोपमा पक्राउ परेकाविरुद्ध बयान लिने काम सकिएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । प्रतिवादीविरुद्ध बुधबार थुनछेक बहस हुने र थुनछेक बहस सुनेर न्यायाधीशले आदेश सुनाउनेछन् ।

    प्रहरीले पक्राउ परेका चार जनाविरुद्ध अनुसन्धान सकेर सोमबार सरकारी वकिलमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो ।