मिर्लुङ सतिस्वारा सेवा समाज कतारद्वारा मेरुदण्डका बिरामी गुरुङलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    मिर्लुङ सतिस्वारा सेवा समाज कतारद्वारा मेरुदण्डका बिरामी गुरुङलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७९, शुक्रबार

    भानु । तनहुँको भानु नगरपालिका-१२, १३ घर भई रोजगारीको सिलसिलामा कतारमा रहेका युवाहरुले मेरुदण्डका बिरामी भिमलाल गुरुङलाई आर्थिक सहयोग गरेका छन् । भानु-१२ छहरे निवासी गुरुङलाई मिर्लुङ सतिस्वारा सेवा समाज कतारले ३० हजार ३ सय ९५ सहयोग गरेको हो।

    मदन थापा अध्यक्ष रहेको मिर्लुङ सतिस्वारा सेवा समाज कतार संस्थामा आबद्ध रहेका देबेन्द्र बानिया र रामकृष्ण पराजुली थापाको समन्वयमा उक्त सहयोग हस्तान्तरण गरिएको छ ।

    याकुपदिन मियाको समन्वयमा सम्जुर घर भै हाल साउदी रहेका नसुरदिन मियाले पनि चार हजार एक सय ३० सहयोग गरेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

    भिमलाल गुरुङ विगत केही समयदेखि मेरुदण्डको समस्यामा छन् । रुखबाट खसेर उनको मेरुदण्ड भॉचिएको थियो । उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ।

    भानु-१३ सम्जुर निवासी कृष्ण गुरुङको समन्वयमा जिसस प्रवक्ता गल गुरुङ, भानु १२ नेका सभापति बेल अधिकारी लगायत स्थानीयको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको हो।