म्याग्दे गाउँपालिकाको कार्यवाहक अध्यक्षमा वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाको कार्यवाहक अध्यक्षमा वाग्ले

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७९, मंगलवार

    म्याग्दे । म्याग्दे गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिवशरण वाग्लेले पाएका छन् । गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएपछि वाग्लेले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

    वाग्ले म्याग्दे गाउँपालिका–१ का वडाध्यक्ष हुन् । जेठ ५ गतेसम्म कामकाज गर्ने गरी वाग्लेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।