तनहुँमा गठबन्धनका साझा उम्मेदवार बनाउन पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गठबन्धनका साझा उम्मेदवार बनाउन पहल

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमौली । तनहुँमा सत्तारुढ दलबीच गठबन्धनका साझा उम्मेदवार बनाउन पहल गरिएको छ । यसअघि छुट्टाछुट्टै मनोनयन दर्ता गरेपनि साझा उम्मेदवार बनाउन पहल गरिएको हो।

    सत्तारुढ दलबीच भानु नगरपालिका र देवघाट गाउँपालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले आज बिहान बस्ने बैठकले त्यसको टुंगो लगाउने जानकारी दिए । सहमति पश्चात् आज सॉझ ५ बजेसम्म उक्त ठाउँमा उम्मेदवारी फिर्ता गराइनेछ ।

    ‘भानु र देवघाटमा प्रमुख, उपप्रमुख साझा उम्मेदवार बनाउने सहमति भएको छ, वडाहरुमा भने कुरा मिल्न सकेको छैन,’ उनले भने ।

    कांग्रेसले माओवादीसँग शुक्लागण्डकीमा, नेकपा एकीकृत समाजवादीसँग भिमाद र घिरिङमा गठबन्धन गरेको छ । अन्य ठाउँमा भने उम्मेदवारी यथावत राखेर मित्रवत प्रतिस्पर्धा गर्ने तयारी छ ।