म्याग्दे । नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाट म्याग्दे गाँउपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने बताएका छन् ।
घरदैलाेका क्रममा उनले सामरिक महत्व बाेकेकाे म्याग्दे समग्रतामा सुगम भएतापनि विगतका जनप्रतिनिधिबाट उल्लेखनीय काम केही हुन नसकेको आराेप लगाए ।
नेतृत्वको क्षमताले गाउँपालिका र समग्र जनताको जीवनस्तर नै परिवर्तन हुने हुदाँ त्यसका लागि आफूले नेतृत्व लिने उनले बताए । ‘कुर्ची प्राविधक पक्ष हो । नेतृत्व क्षमता नेतृत्वकर्तामा भर पर्दछ, यसका लागि म योग्य छु,’ उनले भने । म्याग्देको समथर भुभाग र यसको उव्जनीयोग्य जग्गा आफैमा उर्जा भएकाे भन्दै उनले यसको व्यवस्थापन गर्न सकियो भने म्याग्दे हरेक कुरामा आत्मनिर्भर बन्ने जिकिर गरे ।
‘युवा र उत्पादनलाई जोडेर आम्दानीको श्रोत बढाउन सकिन्छ । सीपमुलक कामले आत्मनिर्भर बनाउने हुँदा युवालाई उत्पादन र सीपसँग जोड्नुपर्छ’ उनले भने ।
उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले समानता र न्याय मूल लक्ष्य भएकाे बताइन् ।
साेमबार जामुने, काफथोक, थर्पुमा चुनावी घरदैलोका साथै आम जनतासँग प्रत्यक्ष जनसरोकारका विषयमा छलफल गरिएको नेकपा एमाले म्याग्दे गाँउ कमिटीका अध्यक्ष वसन थापाले बताए।