शुक्लागण्डकी र आँबुखैरेनीबाट दुई लागुऔषध कारोवारी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी र आँबुखैरेनीबाट दुई लागुऔषध कारोवारी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाबाट शुक्रबार दुई जना लागुऔषध कारोवारी लागुऔषध सहित पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७४०१ नम्बरको बसबाट ३४ वर्षीय बालकृष्ण गिरी पक्राउ परेका हुन् ।

    बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पोखरा महानगरपालिका–३ बस्ने गिरीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । प्रहरीले निजको साथबाट नुफिनको शिशी २५ एम्पुल, डाईजापामको शिशी २५ एम्पुल, फेनरागनको शिशी २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागुऔषध बरामद गरेको छ ।

    यसैगरी आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट २२ वर्षीय अनिल परियार लागुऔषध सहित पक्राउ परेका छन् । मुग्लिङ तर्फबाट आबुँखैरेनीतर्फ आउदै गरेको ना ५ ख ४९६७ नम्बरको बसमा सवार पर्वतको कुश्मा नगरपालिका–३ बस्ने २२ वर्षीय अनिल परियार पक्राउ परेका छन् । निजको साथबाट नुफिनको शिशी १२५ एम्पुल, डाईजापामको शिशी १२७ एम्पुल, फेनरागनको शिशी १२६ एम्पुल गरी जम्मा तीन सय ७८ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।