जनताकाे अथाह माया मलाई प्राप्त भएकाे छ : अध्यक्ष उम्मेदवार राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    जनताकाे अथाह माया मलाई प्राप्त भएकाे छ : अध्यक्ष उम्मेदवार राना

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    म्याग्दे । म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार मायादेवी रानाले आफूलाई जनताकाे अथाह माया र सद्भाव प्राप्त भएकाे बताएकी छन् । नेपाली काङ्ग्रेसबाट अध्यक्षकाे उम्मेदवार बनेकी रानाले घरदैलाेका क्रममा जनताकाे साथ र समर्थनले उत्साह थपेकाे बताइन् ।

    May be an image of 15 people, people sitting, people standing, tree and outdoors

    रानाले म्याग्दे गाउँपालिका-२ स्थित बडहरे, दमसेरा, गाउँस्वारा, भैसीखर्क, पाटेचाैर, पिपलडिही, माथिल्लाे गुणाादी, निर्मलवस्ती, डुम्रीस्वाँरा, म्याग्दे-१ स्थित बरचाैरमा घरदैलाेमा पाएकाे जनताले साथले निर्वाचन जितिसकेकाे अनुभूति भएकाे बताइन् ।

    विगत पाँच वर्षकाे अवधिमा आफूहरुले गरेकाे कामकाे जनताले मूल्याङ्कन गरेकाे भन्दै रानाले भनिन्, ‘जिल्लामै एक मात्र महिला प्रमुखकाे रुपमा काम गर्दा चुनाैति थियाे, चुनाैतिका बीचमा पनि जनताकाे पक्षमा धेरै काम गरेका छाै ।’