‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षककाे भूमिका महत्वपूर्ण’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षककाे भूमिका महत्वपूर्ण’

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहुँले निर्वाचन पर्यवेक्षकहरुका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै वक्ताहरुले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले पर्यवेक्षकहरुले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। निर्वाचन अन्तर्गत मतदानपूर्वदेखि मतगणनासम्मको कार्यमा पर्यवेक्षकहरुले निष्पक्ष भूमिका खेल्न ढकालले आग्रह गरे ।

    नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले नियोकले गर्ने पर्यवेक्षणले आगामी दिनका निर्वाचनका लागि पाठ हुने बताए। नियोककी अध्यक्ष सोनी शर्माले जिल्लामा विगतका वर्षदेखि नै संस्थाले निर्वाचनमा पर्यवेक्षणको काम गर्दै आएकाले निर्वाचनमा खटिने पर्यवेक्षकले इमानदारिताका साथ काम गर्न आग्रह गरिन्।

    नियोकका सचिव प्रकाशचन्द्र भट्टराईले निर्वाचनका क्रममा पर्यवेक्षकले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।