सामाजिक र आर्थिक रूपान्तरण गर्ने मुक्तिको अठोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक र आर्थिक रूपान्तरण गर्ने मुक्तिको अठोट

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगौँडा : नेकपा एमालेका तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका मुक्तिनाथ तिम्सिनाले आफु निर्वाचित भएपछि शुक्लागण्डकीको सामाजिक र आर्थिक रुपान्तरणमा जोड दिने बताएका छन् । खबरपुञ्जसँगको कुराकानीमा उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकासमा जोड दिने उल्लेख गरे ।

    ‘कृषिको आधुनिकीकरण गर्दै उत्पादनमा आत्मानिर्भर बनाउने योजना छ’, उनले भने । पशुपंक्षी पालनसँगै मौरी पालान र माछा पालन व्यवसायलाई प्रर्बद्धन गर्ने उनले बताए । ‘कृषियोग्य भूमिमा सिचाई सुविधा पु¥याउनेछौँ’, अगाडी थप्दै उनी भन्छन्, ‘सम्बृद्धीको आधार नै उत्पादन हो । हाम्रो मुख्य जोडबल कृषि उत्पादनसँगै बजारीकरणमा हुनेछ । किसानलाई कृषि कर्ममा लाग्न प्रेरित गर्नेछौँ । कृषि कर्ममा लागेका किसानको सम्मान हुने वातावरण बनाउनेछौँ ।’

    पाँच वर्ष भित्रमा शुक्लागण्डकी नगरपालिकामा सडक विस्तार र स्तरोन्नती गर्दै कालोपत्र गर्ने उनले सुनाए । नगर वस संचालन योेजना उनीसँग छ । पर्यटन प्रर्बद्धन गर्न नगर क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको संरक्षण, साहसिक पर्यटन र ट्रेकिङ रुटहरु खोल्ने, होमस्टेलाई प्रर्बद्धन गर्ने योजना रहेको तिम्सिनाले बताए ।

    नगरलाई शिक्षा र स्वास्थ्यमा अब्बल बनाउने अठोटका साथ आफुले उम्मेद्वारी दिएको उनको भनाई छ । ‘कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरीनेछ । विद्यालय तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागी छात्रवृतिको व्यवस्था हुनेछ । समयसापेक्ष प्राविधिक शिक्षालाई जोड दिँदै भानुभक्त बहुमुखी वयाम्पसलाई गण्डकी विश्वविद्यालयसँगको समन्वयमा शिक्षण अस्पताल सञ्चालन गरिनेछ । निजी स्रोतका शिक्षकका लागि दरबन्दीको सृजना गर्नेछौँ’, उनले भने ।

    शुक्लागण्डकी नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने उनले बताए । ‘नगरपालिकाले नगरवासीको स्वास्थ्य विमा लगायत गुणस्तरिय स्वास्थ्य उपचारको व्यवस्था गर्नेछ । गरिबीको रेखामुनी रहेका नगरवासीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइनेछ’, उनले बताए ।

    नेकपा एमालेले शुक्लागण्डकीमा विजयपश्चात युवाहरूलाई सिपमुलक तालिमको व्यवस्थापन गर्दै आत्मनिर्भर बनाउने उद्घोष गरिरहेको छ । मोबाईल मर्मत, हाउस वायरिङ, सिलाईकटाई, प्लम्बिङ, कम्प्युटर लगायतका सिपमुलक तालिमको व्यवस्थापन गर्दै रोजगारीको सृजना गर्ने उद्घोष गरेको हो।