भिमाद । अनुभव र युवा उर्जाको समिश्रणबाट तनहुँको भिमाद नगरपालिकाको जनताको सेवागर्न तत्पर छन गठबन्धन दलको तर्फबाट काजीमान श्रेष्ठ र मिलन आले । नेपाली कांग्रेस, एकिकृत समाजवादी र राष्ट्रिय जनमुक्ती पार्टी विचको ३ दलिय गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन ।
भिमाद नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठ र उप प्रमुखमा नेपाली कांग्रेसका मिलन आलेलाई उम्मेदवार बनाएर जनताको मत आफनो पक्षमा पार्न लागि परिरहेका छन । गठबन्धन बनाएर चुनावमा होमिए पछि भिमाद नगरपालिकाको चुनाव निकै रोचक हुने देखिएको छ । एमालेले आफ्नो पक्षमा दावी गरेपनि यसपालीको भिमादको स्थानीय तहको निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको गठबन्धनका दलहरुले दावी गरेका छन् ।
अनुभवी र विकासप्रेमी नेता रुपमा छवी बनाएका श्रेष्ठ र बौद्धिक तथा युवा उर्जाले भरिएको उप प्रमुखका उम्मेदवार भएकाले पनि उनीहरुको जित सुनिश्चित नै रहेको दावी गरेका छन ।
नगर प्रमुखका उम्मेदवार श्रेष्ठसंग स्थानीय सरकार चलाएको तथा विभिन्न विकास निमार्णको कार्यहरु सफलतापुर्वक सम्पन्न गरेको अनुभव छ भने, उपप्रमुख उम्मेदवार आलेसंग युवाउर्जाले संगसङ्खगै कानुन र राजनीति शास्त्रका जानकार हुन । अनुभव र युवा उर्जाको संमिश्रणले भरिपूर्ण उम्मेदवारहरुको संयोजनले भिमाद नगरपालिकाको जनताको सेवा, सुशासन, समृद्धिको अपेक्षा भिमादबासीले गरेका छन ।
२०५४ सालमा तत्कालिन भिमाद गाविसको अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले भिमादकै गौरबको आयोजना मानिने भिमाद खानेपानी सम्पन्न गर्नुका साथै थुप्रै जनमुखी र लोकप्रिय काम गरेका उदाहरण छन । त्यतीमात्र होइन शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका व्यक्ति हुन ।
पटक पटक जनज्योती मावि को अध्यक्ष भए । उनै श्रेष्ठको कार्य कालमा जनज्योती माध्यमीक विद्यालयलाई ११ र १२ कक्षा संचालन गर्न भूमिका निर्वाह गरेका थिए । त्यस्तै जनज्योती क्याम्पस स्थापना गर्नमा श्रेष्ठको योगदान रहेको छ । जग्गा अभाव कारण भाडामा संचालन गरेको प्रथामिक स्वास्थ्य केन्द्र उनकै सक्रियतामा स्वास्थ्य केन्द्रकै नाममा जग्गादर्ता गरी स्वास्थ्य केन्द्रको आफ्नै भौतिक संरचनामा संचालनमा ल्याइएको हो । त्यही प्राथमिक स्वास्थ्य केन्द्र अहिले भिमाद आधारभूत अस्पताल निर्माणको चरणमा रहेको छ । उनका अनुसार भिमादको शहरी क्षेत्रमा एक घर, एक धारा नीति अनुसार शुद्ध खानेपानीको पहँुच पु¥याएका थिए ।
पटक पटक भिमाद खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वलिई खानेपानीको नयाँ मूलहरु थप सम्झौता गरी वितरण प्रणालीलाई चुस्त दुरुस्त पारेर भिमादबासीको मन जितेका थिए । श्रेष्ठकै पहलमा भिमाद बजारमा करोडौ बजेट व्यवस्था गरी खानेपानीको पूर्वाधार विकास भइरहेको छ । उनै श्रेष्ठ गाविस अध्यक्ष हुँदा व्यवस्थित शहरको अवधारणा अनुसार ढल निकास, सडक स्तरवृद्धि जस्ता आधुनिक समाजका प्रारम्भिक विकासका पूर्वाधार तयार गरेका हुन ।
अव्यवस्थित बसोबासलाई व्यवस्थापन समेत गर्ने उनले प्रतिबद्धता गरेका छन । उनै श्रेष्ठले सूरुवात गरेको विकास नमुना अनुसार विकास निर्माण कार्य अघि वढीरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता जनताको दैनिककीसंग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा श्रेष्ठको महत्वपुर्ण योगदान रहेको छ । विकासप्रेमी, हक्की, निडर, स्वच्छ छवी भएका नेताको रुपमा भिमादमा पहिचान रहेको छ ।
मैले गाविस अध्यक्ष हुदाँ भिमादमा धेरै जनजीविका र विकास पूर्वधार काम गरेको छु, उनले भने, तत्कालिन समयमा स्थानीय निकायमा अधिकार थिएन, तर मैले आफ्नो क्षमता अनुसार काम गरे । अहिले अधिकार सम्पन्न स्थानीय सरकारको नेतृत्व लिनपाए समृद्ध भिमादका लागि आधार स्तम्भ खडा गर्ने अठोट गरेको छु । राज्यले दिएको तलव भत्तालाई गरीब र निमुखाको हितमाखर्च गर्ने उनले उद्घोष गरेका छन । नगर प्रमुखमा विजयी गरेमा भष्ट्रचारमुक्त, सुशासन युक्त भिमाद बनाउने छु, उनले बताए ।
भिमाद नगरपालिकामा रहेको अव्यवस्थित बसोबास र ८ सय ६८ घरधुरीको मागलाई सम्बोधनगर्ने प्रतिबद्धता गरेका छन । अन्यदलले .निर्वाचनमा मत माग्ने कार्डको रुपमा मात्र प्रयोग गरेकाले गठबन्धन दलले सम्मानित सर्वोच्च अदालतमा विचारधिन बिषय रहेकाले न्यायालयको आदेश बमोजिम मिलापत्र सम्बन्धमा गठबन्धन दलहरुले सम्बन्धीत सरोकारवालाहरुसंग समन्वय गरी गराई सबैको जीतहुने गरी जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) सम्वन्धित उपभोक्तहरुको नाउमा नै जारी गर्न गराउनको निम्ती कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता गरेका छन ।
संघर्षबाट स्थापित युवा नेताहुन मिलन आले । राजनीति र कानुन शास्त्रबिषयमा स्नातकोत्तर गरेका उनै आले युवामाझनीकै लोकिप्रिय छन । विद्यार्थीको हक हितका लागि नेविसंघको राजनीति गरेका आले समाज रुपान्तरण र समृद्ध समाजका लागि राजनीतिमा होमिएका हुन । नेविसंघको राजनीतिसंगै कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १४ औ महाधिवेशनमा जिल्ला सहसचिव पदमा निर्वाचित भई आले कांग्रेस राजनीतिमा उदाएका युवा नेता हुन । युवाको उर्जा र सीपलाई उत्पादनको क्षेत्रमा लगाउने मूल नाराका साथआले लाई गठबन्धनको तर्फबाट भिमाद नगरपालिकाको उपप्रखुको उम्मेदवार बनाएका छन । मलाई गठबन्धनले उपप्रमुख अगाडि सारेको छ, उनले भने, मैले समृद्ध भिमादको २५ बर्षीय गुरुयोजना ल्याएको छु । जनताले विश्वास गरेमा पाँचबर्षे कार्यकालमा २५ बर्षको रुपरेखा देख्न पाइन्छ । भिमादमा पाँचबर्षभित्र मुख्य कच्ची सडकमा कालोपत्रे, हरेक खोला खोल्सीमा पुलनिर्माण गर्ने प्रतिबद्धता गर्दछु, उनले भने ।
नगरपालिका भित्रका विद्यालयको सुविधा सम्पन्न भौतिक पूर्वधार र शैक्षिक गुणस्तरमा सुधार गरी आविष्कार केन्द्र स्थापना गर्ने उनले अठोट लिएको छ । भिमाद ग्रामिण क्षेत्र कृषि योग्य जमिन छ, उनले भने, तर, माटो सुहाँउदो कृषि उत्पादन छैन । मैले माटो सुहाँउदो कृषि उत्पदान, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने उनले बताए । कृषि उत्पादन वृद्धि गर्न माटोले मागेको बाली र युवालाई उत्पादनसंग जोड्ने परिकल्पना साथ काम गर्ने योजना छ ।
गठबन्धन उम्मेदवाहरुलाई विजयी गराए भिमाद नगरपालिकालाई सुशासन, समृद्ध र विकास गर्ने प्रतिबद्धता गरेका छन । नगर स्तरीय वैज्ञानिक एव्म अत्याधुनिक अनुसन्धान तथा आविस्कार केन्द्र स्थापना गर्ने, नगरपालिका केन्द्रमा भिमादमा स्तरीय पुस्तकालय स्थापना गर्ने, नगर भित्रका स्नातक तह उर्तिण गरेका र उत्पादनमुखी व्यवसायगर्न चाहने व्यक्तिहरुलाई अनुदान रकम प्रदान गर्ने, शैक्षिक पूर्वधारको तयारी साथै प्रविधिमैत्री शिक्षा सिकाई अभियान संचालन गर्ने, महिनाको एक पटक माध्यामिक तहका विद्यार्थीहरुका लागि नगर स्तरीय प्रतिभा प्रस्फुटन कार्यक्रम संचालन गर्ने, जनज्योती क्याम्पसमा अत्याधुनिक पुस्ताकलय र छात्रावासका व्यवस्था गर्ने, नगर भित्रका प्रत्येक वडाबाट एक एकजना गरी ९ जनालाई प्रत्येक बर्ष एसईईमा उत्कृष्ट अंक हासिल गर्न विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक शिक्षाको व्यवस्था गरी ज्ञान र सीपलाई प्राथमिकताका साथ प्रयोग गर्ने, जनतालाई दशमिनेट भित्र आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने वाताबरण सुनिश्चित गर्ने, अपाङ्ग विद्यार्थीलाई अपाङ्ग छात्रवृत्ति कोषको व्यवस्था गर्ने, जेष्ठ नागरिक दीर्घ रोगीहरुलाई निश्चित मापडण्ड मिलाई आर्थिक सहयोगको व्यवस्था मिलाउने, ग्रामिण भेगका प्रत्येक विद्यालयमा ईन्टरनेटको पहुचपुयाई ई लाइव्रेरीको व्यवस्था गर्ने लगायत प्रतिबद्धता गरेका छन ।