दमाैली । व्यास नगरपालिकाका स्वतन्त्र प्रमुख उम्मेदवार दीपकराज जोशीलाई भेट्न एमाले नेता सुवास नेम्बाङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पूर्व आइजिपी सर्वेन्द्र खनाल अस्पताल पुगेका छन् ।
स्थानीय तह निर्वाचनको दिन व्यास–८ रिस्तीस्थित मतदान केन्द्रभित्रै आक्रमणमा परी घाइते जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नेम्बाङ, मन्त्री श्रेष्ठ र खनाल फ्रन्टलाइन अस्पताल पुगेका हुन् । अस्पतालमा पुगेर उनीहरुले जोशीको अवस्थाबारे चासो राखेका थिए ।
जोशीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।