म्याग्दे अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण, घर नम्बर प्लेट निशुल्क प्रदान गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण, घर नम्बर प्लेट निशुल्क प्रदान गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७९, शुक्रबार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले पदभार ग्रहण गरेका छन् । श्रेष्ठ र घिमिरेले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले घर नक्सा कायम भएका घरमा निशुल्क नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका छन् । एकपटकका लागि घर नक्सा पास भएका घरहरुमा नम्बर प्लेट निशुल्क वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    यस्तै उपाध्यक्ष घिमिरेले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरेका छन्।