दुलेगौँडा : जनकवि गोकुल जोशीको स्मृति दिवस मनाईएको छ । शुक्लागण्डकी नगरपालिका–११ खोलाखेतमा आइतबार जोशीको स्मृति दिवस मनाईएको हो । विभिन्न कार्यक्रम गरि आज ९३ औँ ‘गोकुल जयन्ती’ मनाइएको हो ।
गोकुलजोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । जोशीका बालसखा वेदप्रसाद पोख्रेलले गोकुलको कविता सुनाएका थिए । जोशीको शालिकमा माल्र्याण र रचना वाचन गरेर स्मृति दिवस मनाएको अध्यक्ष पोखरेलले बताए ।
जोशीले सदैव गरिबको पीडा लेखे । वर्गीय शोषण, उत्पीडन र दमनको विरुद्धमा आगो ओकल्ने कविको छवि बनाएको उनले गरिबका पीडालाई गीत र कविताको माध्यमबाट बोल्ने गर्दथे । ठूलाठालुले तल्लो वर्गलाई नगन्ने परिपाटीलाई व्यंग गर्ने क्रान्तिकारी कवि जोशीका सिर्जनाले तत्कालिन समयमा फटाहा विरुद्धको सङ्घर्षमा उत्रन धेरैलाई प्रेरित ग¥यो ।
प्रगतिशील लेखक संका संस्थापक सदस्य जोशीका ‘नेपालको भविष्य’, ‘एशियाको फूलबारी नेपाल’, ‘नव प्रभात’, ‘बाँच र बाँच्न देऊ’ र ‘सीमानाको दिप’ लगायतका ऊर्जाशील कृतिहरू प्रकाशित छन् ।
विसं २०१८ सालमा ३१ वर्षकै उमेरमा झापाको घैलाडुबामा निधन भएपनि उनले छोटो अवधिमा नेपाली साहित्यले बिर्सनै नसक्ने योगदान पु¥याएका छन् ।
जोशीको जन्म विसं १९८७ जेठ ८ गते तनहुँको राईपुरस्थित खोलाखेतमा भएको हो । खोलाखेत हालको शुक्लागण्डकी नगरपालिका–११ मा पर्दछ । सर्वहारा वर्गको मुक्तिको सपना देख्ने कवि जोशीको जन्मथलो खोलाखेतले विकास पर्खदै छ, त्यो पनि साहित्यिक विकास ।