दमाैली । तनहुँको भानु नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख आनन्दराज त्रिपाठीले साेमबार शपथग्रहण गरेका छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले नगरप्रमुख त्रिपाठीलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहणपछि शुभकामना दिँदै न्यायाधीश ढुङ्गानाले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने अभियानमा जुट्न नगरप्रमुख त्रिपाठीलाई आग्रह गरे ।
स्थानीय तहमा निर्वाचित प्रमुखले जिल्ला न्यायाधीशसँग शपथ लिने व्यवस्था छ । न्यायाधीशसँग शपथ लिएपछि प्रमुखले अन्य जनप्रतिनिधिलाई शपथग्रहण गराउनेछन् ।
व्यास नगरपालिका बाहेक अन्य सबै पालिकाका प्रमुखहरुले शपथग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् ।