दमौली । व्यास नगरपालिका-१० का वडाध्यक्ष उम्मेदवार सागर घिमिरेले निर्वाचन खर्च बुझाएका छन् । स्वतन्त्र रुपमा वडाध्यक्षका उम्मेदवार बनेका घिमिरेले निर्वाचन परिणाम सार्वजनिक भएको केही दिनमै निर्वाचन कार्यालय तनहुँमा खर्च विवरण बुझाएका हुन् ।खर्च विवरण बुझाउनेमा घिमिरे पहिलो उम्मेदवार बनेका छन् ।
घिमिरेले निर्वाचनमा ५७ हजार ५ सय ९० खर्च भएको उल्लेख गरेका छन् ।