फोहरमैला व्यवस्थित गर्न फेरि बन्यो कार्यदल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फोहरमैला व्यवस्थित गर्न फेरि बन्यो कार्यदल

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि फेरि कार्यदल गठन गरेको छ । यसअघि पनि पटक–पटक कार्यदल गठन गरी जग्गा खोज्ने निर्णय गरेको नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि पुनः कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    नगरपालिका अन्तरगत सरसफाईलाई दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक जग्गा खरिद एवं ऐलानी, प्रति जग्गाको सदुपयोग गर्न व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा व्यास ४ का वडाध्यक्ष मनबहादुर गुरुङ, ३ का वडाध्यक्ष अनुप राना, यज्ञ शर्मा, दुई जना प्राविधिक रहेका छन् भने सदस्य सचिवमा सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे रहेका छन् ।

    नगरपालिकाले यसअघि पनि नगरक्षेत्रभित्रका जग्गा खोजी गर्न समिति गठन गरेको थियो । नगरपालिकालाई फोहरमैला व्यवस्थापन टाउको दुखाई बन्दै आएको छ ।