म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि एक महिनाको पारिश्रमिक दिने भएका छन् । विपद् व्यवस्थापन कोष स्थापनाका लागि गाउँपालिकाका जनप्रतिनिधिले वार्षिक एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका हुन् ।
गाउँ कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार जनप्रतिनिधिको पारिश्रमिक बापतको रकम कोषमा जम्मा गरिनेछ । उक्त कोषको रकम विपद्को बेला हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।