लमजुङमा टिपर दुर्घटना : तनहुँका एक सहित चारकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लमजुङमा टिपर दुर्घटना : तनहुँका एक सहित चारकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७९, आईतवार

    लमजुङ । पहाडी जिल्ला लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो टिपर दुर्घटना हुँदा मृत्यु भई पहिचान खुल्न बाँकी तीनको पहिचान खुलेको छ । मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका–७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो ।

    प्रहरीका अनुसार गोरखा जिल्लास्थित गोरखा नगरपालिका–१२ का अन्दाजी २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका–७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान जिल्ला कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको छ ।

    उक्त सवारीका चालक धादिङ जिल्ला गजुरी गाउँपालिका अन्दाजी २७ वर्षीय आकाश घिमिरेको यसअघि नै पहिचान खुलिसकेको थियो ।

    साँघुरो सडक र अधिक भारका कारण दुर्घटना हुँदा टिपर सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको थियो । प्रहरी र स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए । सबै जना मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरु रहेको प्रहरी निरीक्षक जगदीश रेग्मीको भनाइ छ । मृतक चारजनाकै शवपरीक्षणका लागि छिमेकी जिल्ला तनहुँको दमौली अस्पताल लैजाने प्रहरीले जनाएको छ ।