एमविविएसमा नाम निकाल्नेलाई ऋषिङले पाँच लाख दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    एमविविएसमा नाम निकाल्नेलाई ऋषिङले पाँच लाख दिने

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७९, बुधबार

    ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाले एमविविएस अध्ययन गर्ने गाउँपालिकावासीलाई रु पाँच लाख अनुदान दिने भएको छ । गाउँपालिकाका युवायुवतीलाई एमविविएस अध्ययनमा प्रोत्साहन गर्न गाउँपालिकाले उक्त नीति लिएको हो ।

    गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले एमविविएस अध्ययनका लागि नाम निकाले रु पाँच लाख अनुदान दिने निर्णय गरेको प्रवक्ता विजय दरैले जानकारी दिए ।

    चिकित्साशास्त्र अध्ययन गरेका जनशक्तिको सङ्ख्या कम भएको र आर्थिक अभावका कारण अध्ययन गर्न नसक्ने भएपछि गाउँपालिकाले अनुदानको व्यवस्था गर्न लागेको हो ।

    गाउँपालिकाले कोभिड–१९ का कारण समस्यामा परेका पाँच सय २० जनालाई जनही रु दश हजारका दरले अनुदान वितरण गर्ने निर्णय समेत गरेको छ । बैठकले न्यायिक समितिको सदस्यमा वडा नम्बर ५ का सदस्य दलबहादुर थापा र वडा नम्बर ६ का सदस्य माधव थापालाई मनोनित गरेको छ ।

    गाउँपालिकाले आगामी वर्ष ०७९÷८० को बजेट, नीति तथा कार्यक्रमका लागि टोल टोलमा पुगेर योजना तर्जुमा गर्ने निर्णय गरेको छ ।