कैदीबन्दीलाई दही चिउरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कैदीबन्दीलाई दही चिउरा

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७९, बुधबार

    दमाैली । मानवअधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल तनहुँ शाखाले बुधबार कारागारका कैदीबन्दीलाई दही चिउरा खुवाएको छ । राष्ट्रिय धान दिवसको अवसरमा मञ्चले कारागारका कैदीबन्दीलाई दही चिउरा खुवाएको हो ।

    हालैमात्र गठन भएको उक्त संस्थाले पहिलो कार्यक्रम धान दिवसको अवसर पारेर कारागारमा गरेको मञ्चका अध्यक्ष कविराज श्रेष्ठले जानकारी दिए। कैदीबन्दीलाई पर्ने समस्या समाधानका लागि आवाज उठाउने उद्देश्यसहित गठन भएको संस्थाले कैदीबन्दीको हितमा काम गर्ने श्रेष्ठले बताए ।

    मञ्चले कारागारमा रहेका दुई सय ५५ कैदीबन्दीलाई दही चिउरा खुवाएको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले राष्ट्रिय पर्वको अवसरमा कैदीबन्दीलाई दही चिउरा खुवाउने कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषिराम भुषाल, सचिव शेषराज श्रेष्ठ लगायतले संस्थाको बारेमा जानकारी गराए।

    कारागारका तीन वटा ब्लकमा हाल दुई सय ५५ कैदीबन्दी छन् । कारागारका निमित्त प्रमुख नारायण अधिकारीका अनुसार कारागारमा १२ महिला पनि छन् । केही समय अगाडीबाट मात्रै कारागारमा महिला बन्दीगृह निर्माण भएको थियो ।