जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ : सांसद सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ : सांसद सिग्देल

    खबरपुञ्ज संवाददाता

    १५ असार २०७९, बिहीबार

    म्याग्दे । तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले जनप्रतिनिधि जनताको सेवक बन्नुपर्ने बताएका छन् । जनप्रतिनिधि शासक नभई जनताको सेवक बन्न सकेमा देशमा सुशासन र समृद्ध कायम गराउन सकिने सिग्देलले बताए ।

    म्याग्दे गाउँपालिकाले बिहीबार आयोजना गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिले योजना सहित काम गर्नुपर्ने उल्लेख गरे । बिना लक्ष्य र योजना कतै पनि नपुगिने हुँदा जनताले अनुभुति गर्ने गरि काम गर्न उनले आग्रह गरे ।

    आत्मनिर्भर कृषिले नै जनतालाई आर्थिक रुपमा सवल बनाउने हुँदा त्यसका लागि मिहिन ढंगले जनउपयोगी कार्यक्रम र त्यसको कार्यन्वयनमा लाग्न सिग्देलले आग्रह गरे ।

    कार्यक्रममा वडा सचिवहरुले वडाको प्रतिवेदन र विषयगत समितिले प्रगति प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा शिक्षा शाखा, आर्थिक विकास शाखा, योजना शाखा, भौतिक पूर्वाधार शाखा, पशु कृषि, रोजगार सेवा केन्द्र, महिला तथा समाजिक विकास शाखा, जिन्सी शाखा, स्वास्थ्य शाखा, प्रशासन शाखाले प्रगति विवरण पेश गरेका थिए ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनमुखी कार्यक्रममा गाउँपालिका सकारात्मक रहेको बताए । जनआंकाक्षा धेरै हँुदा तत्काल जनताले सोचेअनुरुप परिणाम नदेखिए पनि दीर्घकालिन रुपमा परिणाममुखी हुने बताए ।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।