दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट स्कूटर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी–८ बस्ने २४ वर्षीय सुरेश विक र शुक्लागण्डकी नगरपालिका–३ कवासे बस्ने २७ वर्षीय विशाल विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
गत असार १८ गते बालकृष्ण वाग्लेको घर अगाडी रोकिराखेको ग ७ प ३०१८ नम्बरको स्कूटर चोरी गरेको अभियोगमा दुई जनालाई सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
पक्राउ परेका दुई जना विरुद्ध सोमबार नै तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।