पत्रकार महासंघलाई प्रदेश सरकारको दश लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासंघलाई प्रदेश सरकारको दश लाख

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७९, बिहीबार

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई गण्डकी प्रदेश सरकारले रु दश लाख सहयोग गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत् सरकारले पत्रकार महासंघलाई रु दश लाख सहयोग गरेको हो ।

    निर्माणाधीन भवनका लागि सहयोग गरेकामा महासंघका अध्यक्ष उज्वल पौडेलले सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    विभिन्न संघसंस्था, सरकारी निकाय, व्यक्ति लगायतको सहयोगमा महासंघको भवन निर्माण गरिएको हो ।