दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आदिकवि भानुभक्त आचार्यलाई सम्झिएको छ । दुई सय नवौं भानु जयन्तीका अवसरमा मञ्चले व्यास नगरपालिका–१२ घाँसीकुवास्थित घाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिकमा बुधबार माल्यार्पण गरेको हो ।
मञ्चका अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा पुगेको टोलीले भानुभक्तको शालिकमा माल्यार्पण गर्नुका साथै कविता वाचन गरेको छ । भानुभक्त आचार्यको सम्झनामा विभिन्न साहित्यकारले कविता वाचन गरेको मञ्चका सचिव दिवाकर भट्टराईले जानकारी दिए ।