दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
बिहान ३ बजेदेखि अवरुद्ध भएको सडक बिहान ९ बजेबाट दुईतर्फी सञ्चालनमा आएको हो ।
पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
फाइल तस्वीर