दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चार दिनको गृहजिल्ला दौडाहापछि काठमाडौ फिर्ता भएका छन् । व्यास, भानु र देवघाटका विभिन्न ठाउँका कार्यक्रममा सहभागी भएर पौडेल बुधबार काठमाडौ फिर्ता भएका हुन् ।
जिल्ला कम आउने र विकास नगरेको आरोप लाग्ने गरेका पौडेलले गाउँ गाउँ पुगेर जनतालाई आश्वस्त पार्ने प्रयास गरेका छन् । निर्वाचन नजिकिदै गएको र पौडेलको गृहजिल्ला भ्रमणलाई कतिपयले चुनाव आउन लागेपछिको ‘दौडधुप’ को संज्ञा दिएका छन् ।
पौडेलले आफ्नै नेतृत्वमा जिल्लामा विकास भएको र त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि आफ्नो भएको बताउने गरेका छन् ।