दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले दमौलीमा वृहत भेला गर्ने भएको छ । साउन २१ गते शनिबार दमौली स्थित तनहुँ उद्योग वाणिज्य सङ्घको हलमा भेला हुने भएको हो ।
गत जेठ २८ गते स्थगित भएको भेला सो मितिमा गर्ने निर्णय भएको जोशी समूहले जनाएको छ ।
भेलामा पूर्व गृहमन्त्री गोविन्दराज जोशी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा र भावी नीति तथा कार्यक्रमबारे छलफल गरिने आयोजक समितिले जनाएको छ । कार्यक्रममा आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धमा समेत छलफल हुने वृहत भेलाका संयोजक हरिशरण पण्डितले जानकारी दिए ।