न्यु भिजन युवा क्लवको अध्यक्षमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    न्यु भिजन युवा क्लवको अध्यक्षमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७९, शनिबार

    दमाैली । म्याग्दे गाउँपालिका–२ स्थित न्यु भिजन युवा क्लवको अध्यक्षमा राजिव श्रेष्ठ चयन भएका छन् । क्लवको शनिबार सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

    क्लवको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा अमिर श्रेष्ठ, कोषाध्यक्षमा अविजित श्रेष्ठ चयन भएका छन् ।

    क्लवका अध्यक्ष सन्दिप रानाभाटको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरु सामाजिक काममा सक्रिय हुनुपर्ने र न्यु भिजन क्लवले त्यसमा आफूलाई सावित गरेको बताए ।