सवारी चालक अनुमतिपत्र नवीकरणको पहिलो दिन, कार्यालय प्रमुख भन्छन् – ‘कति सेवाग्राही आए गन्न भ्याएनौ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सवारी चालक अनुमतिपत्र नवीकरणको पहिलो दिन, कार्यालय प्रमुख भन्छन् – ‘कति सेवाग्राही आए गन्न भ्याएनौ’

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    दमाैली । यातायात व्यवस्था कार्यालय तनहुँले जिल्लाबाटै पहिलो पटक आइतबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरणको काम सुरु गरेको छ । यसअघि बिलबुक नवीकरण र सवारी साधन दर्ताको काम गर्दै आएको कार्यालयले पहिलो पटक सवारी चालक अनुमतिपत्र नवीकरणको काम सुरु गरेको थियो ।

    जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु भएपछि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसले तनहुँ मात्र नभई गोरखा, लमजुङका वासिन्दालाई पनि सहज हुने भएको छ ।

    सेवा सुरु भएको पहिलो दिन कति सेवाग्राहीले उक्त सेवा लिए भन्ने प्रश्नमा कार्यालय प्रमुख विष्णु केसीले भने गन्न नभ्याएको बताए । उनले भने, “हेर्नुपर्छ, एकिन संख्या गनेनौ । भोलि जानकारी दिउँला ।”