छिर्कनेमा बस दुर्घटना : सात यात्रु घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छिर्कनेमा बस दुर्घटना : सात यात्रु घाइते

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा ४ ख ४५५८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट पल्टिँदा बसमा सवार सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको उनले बताए ।