युवाकाे भूमिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    युवाकाे भूमिका

    आशिष पाैडेल

    २१ श्रावण २०७९, आईतवार

    युवा शब्द आफैमा दरिलो र सशक्त शब्द हो । देशको मेरुदण्ड हो युवा, परिवर्तनको मुख्य माध्यम हो युवा । हरेक गतिविधिमा युवाको संग्लनता जरुरी हुन्छ । युवा लाई चिनेर सहि मुल्यांकन तथा व्यवस्थापन गर्न सकेमा पहाड फुटाल्न होस या तराई मा आउने बाढि को वाध व्यवस्थापन गर्न होस कुनै कसुर बाँकी रहदैन । कूल जनसङ्ख्या  २,९१,९२,४८० मध्ये २५ देखि ४० सम्म उमेरका जनसंख्या धेरै देखियो । यहि उमेरका युवाले देशलाई दरिलो आधार देलान भन्ने आश्वासन थियो तर नेपालमा त यहि उमेरका युवा आज विदेशीनु को विकल्प रहेन । नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा युवाको रुचिपूर्ण सहयोग रहेको पाइदैन । प्रश्न उठेको छ आज किन नेपाली युवा खाडीको तातो घाम होस या कुनै विकासित मुलुकको ठूलो ठूलो होटलमा भाँडा माझ्न बाध्य भए । आफ्नो ज्ञान, सिप र क्षमताको प्रदर्शन गर्ने ठाउँको कमि हो कि त्यसलाई वातावरण मिलाउने नेत्रित्वकर्ता को कमि हो ? विविध कारणवश श्रम शक्ति देशबाट टाढिनुको कारण बनेको छ ।

    विगतका केही राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको भुमिका ठूलो थियो । देशमा लोकतन्त्र तथा गणतन्त्र ल्याउन युवाले निकै संर्घष गरे । त्यही तरंग बाट युवामा मुलुकका नेत्रित्वकर्ता प्रति आशा र भरोसा देखेका थिए । कतिपय राजनीतिक दलको युवा सम्वन्धित एजेण्डा पनि थियो होला । तर, त्यही परिवर्तन आज युवापुस्ताका लागि फलदायी बन्न सकेन । नेपाल छाड्न पर्ने परिस्थिति समेत सृजना भएको छ ।

    कतिपय सन्धि सम्झौतामा नेपालका गौरवमय उद्योग बेचिए त कति उद्योग कलकारखाना आज माकुराको जालो उत्पादन गर्ने माध्यम बनेका छन् । औद्योगिक क्षेत्र बाट मात्र जम्मा २७ प्रतिशत GDP मा सहयोग छ । कृषि प्रधान देश नेपाल भनेर ठूला ठूला नारा त लगाइन्छ तर कृषिले जम्मा ९ प्रतिशत GDP मा सहयोग छ । प्रत्येक आर्थिक वर्षमा निकै उत्कृष्ट कृषि नीति त ल्याइन्छ तर के गर्नु कृषक को दुख सधैं त्यस्तै छ । अन्य मुलुकबाट खाद्य पदार्थ आयात गर्ने पर्ने देशमा कृषि प्रधान देश भन्दा पनि लाज मर्दो छ । युवालाई कृषिमा प्रोत्साहित गर्ने, विभिन्न आधुनिक प्रवृत्तिको कृषि नीति ल्याउन पर्ने होइन र ? सधैं विप्रेषण मा पालिन जानेका लाई के थाहा युवाको दुख । यहाँ त युवा लाई फ्रि भिसा फ्रि टिकट दिएर वैदेशिक रोजगारमा पठाइन्छ । सधैं योग्य नेपाली श्रमिक विदेशिनु को विकल्प बाहेक अरु रहेनछ ।

    स्थानीय स्रोत र साधनको सहि परिचालन होला र स्थानीय सीप, क्षमतालाई जागरुक गर्नु पर्ने होइन र ? प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा प्राकृतिक रमणिय स्वरूपको माध्यम बाट पर्यापर्यटन को द्वारा देशको आर्थिक गतिविधि समाल्न सकिन्छ नि हैन र । युवालाई  रोजगारी को बाटो पनि हुन्छ । ति विविध घटनाको प्रमुख कारण साँचै नै राजनीतिक अस्थिरता हो त ?

    यति मात्र होइन, नेपाली शिक्षा आजको युवा युवतीलाई यति बोझिलो लागेको छ रे । शिक्षाको महत्व छ कति धेरै हुन्छ नि होइन र, नेपालमै पढेर ज्ञान हासिल गरेर विद्वान पनि बनेका छन् । अहिले त  Abroad study भन्दै उतै बिलाएन भएका छन् । १०० प्रतिशत मा ५ प्रतिशत भने शिक्षा हासिल गरेर नेपाल आएको पाइन्छ । कतिपय विद्यार्थीको तर्क छ,’ नेपालमा पढेर के गर्नु, न त राम्रो काम पाइन्छ, न त सोचेको तलब पाइन्छ, अझै यति बोझिलो छ नि पढ्न कहिले पढेर सक्ने हो, कहिले कमाउने कहिले रमाउने ।’ यहाँ आधारभूत शिक्षा को कमि अनि शिक्षित को सहि मुल्यांकन तथा व्यवस्थापन हुन नसक्नुमा मा पनि यसको प्रमुख कारण हुन्छ । Abroad study विकल्प चाँडै खोजी, नेपाली सीप तथा ज्ञानलाई देशमै उचित व्यवस्था होस् ।

    यस्तो परिस्थितिमा साँच्चै एक युवा को नाताले सोच्नुपर्ने विषय भएको छ । कस्लाई आफ्नो देशमा बसेर देश विकास गर्न मन नलाग्ला र, विविध नकारात्मक तथा अस्थिरतालाई चाँडै हटाएर भोलिका दिनमा परिवर्तनको सम्वाहकमा युवाको भूमिका हाेस् ।