आइए एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आइए एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७९, बुधबार

    काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित प्यानल डिस्कसन सम्पन्न भएको छ । 

    कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा   बिधागत बिज्ञसँग  छलफल भएको थियो ।

    उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह–संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने माेडरेटरकाे रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

    उनका अनुसार, कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआइ विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ, साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारी मुलक छलफल भएको उनी बताउँछन् ।