पार्टीबाट अलग भएका, स्वतन्त्र रहेकालाई मूलघरमा फर्किन काङ्ग्रेस तनहुँको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टीबाट अलग भएका, स्वतन्त्र रहेकालाई मूलघरमा फर्किन काङ्ग्रेस तनहुँको आह्वान

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७९, आईतवार

    दमौली । नेपाली काङ्ग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग हुनुभएका, स्वतन्त्र भूमिका रहेकालाई मूलघरमा फर्किन आग्रह गरेको छ । नेपाली काङ्ग्रेस तनहुँले आइतबार प्रेस विज्ञप्ती जारी गरी स्थानीय तहको निर्वाचनपछि पार्टीबाट अलग्गिएका, स्वतन्त्र भूमिकामा रहनुभएका कार्यकर्तालाई बिना शर्त नेपाली काङ्ग्रेसको मूलधारमा फर्किन आह्वान गरेको हो ।

    त्यस्ता कार्यकर्ताको सम्मान र मूल्याङ्कनमा आगामी दिनम कुनै विभेद नहुने नेपाली काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । नेपाली काङ्ग्रेस तनहुँको भदौ ९ गते सम्पन्न पूर्ण बैठकले धेरै लामो समय लगाई नेतृत्व तहमा रहेका साथीहरु समेत पार्टीको मूलधारमा भन्दा बाहिर रहनहुन्न भन्ने मान्यता रहेको सभापति आलेले बताए ।

    गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजिनामा दिई वा पार्टीका उम्मेदवार विरुद्ध सङ्गठित अभियानमा लागी विचलित भएको भन्दै विज्ञप्तीमा भनिएको छ, “पार्टीबाट प्राप्त अवसरहरु लिएका र अवसर प्राप्तिका नजिक रहेका साथीहरु पार्टीको उम्मेदवार विरुद्धको तत्कालको आक्रोशमा लाग्नुभएको कारण पार्टीलाई क्षति पुगेको छ ।”

    नेपाली काङ्ग्रेसको वैचारिक धरातल र नेपाली राजनीतिको विभिन्न चरणमा भएका आन्दोलनहरुमा निर्णायक भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमिबाट नेपाली काङ्ग्रेसको सदस्य हुनुमा गौरव गर्ने र शिर उचा राख्ने अवस्था रहेको बताउँदै विज्ञप्तीमा उल्लेख गरिएको छ, “इतिहासको कालखण्डमा भएका व्यक्तिगत त्रुटिहरुले नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त, आदश र मान्यता कमजोर नभई व्यक्तिहरु नै किनारामा परेको इतिहास साक्षी छ । काङ्ग्रेसको इतिहासमा तनहुँले महत्वपूर्ण भूमिका र नेतृत्व गदै आएको पनि स्मरण गराउँछौ ।”