दसैँका लागि आजदेखि नयाँ नोट बजारमा पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दसैँका लागि आजदेखि नयाँ नोट बजारमा पठाइयो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले रातोपाटीलाई जानकारी दिए । 

    यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले रातोपाटीलाई जानकारी दिए ।
    सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहो¥याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने नेपालले बताए ।

    ‘पैसा साट्ने सुविधा हो, कसले बढी र कसले घटी साट्यो भन्ने तथ्याङ्क राखिँदैन । एक पटकका लागि १८ हजार ५०० रुपैयाँको सटही सीमा तोकिएपनि सोही व्यक्तिले भोलिपल्ट वा अरु दिन आएर फेरि सोही परिणाममा पैसा सटही गर्न सक्छन् । यसमा कुनै रेकर्ड राखिँदैन’ नेपालले रातोपाटीसँग भने ।