राष्ट्रिय सभा सदस्य पन्थ दिगो विकास तथा सुशासन समितिकाे सभापति निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय सभा सदस्य पन्थ दिगो विकास तथा सुशासन समितिकाे सभापति निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ दिगो विकास तथा सुशासन समितिकाे सभापतिमा निर्वाचित भएका छन् । उक्त समितिकाे सभापतिका लागि पन्थकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएका हुन् ।

    तनहुँ निवासी उनी नेपाली काङ्ग्रेसकाे तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

    यसैगरी विधायन व्यवस्थापन समितिकाे सभापतिमा वेदुराम भुषाल, राष्ट्रिय सरोकार तथा समन्वय समितिकाे सभापतिमा दिलकुमारी रावल थापा र प्रत्यायोजन तथा सरकारी आश्वासन समितिकाे सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।