म्याग्देमा घुम्ती शिविर सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा घुम्ती शिविर सुरु

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७९, आईतवार

    म्याग्दे । म्याग्दे गाउँपालिकाको आयोजनामा आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु भएको छ । म्याग्दे–१ स्थित मान्हौबाट घुम्ती शिविर सुरु गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ओमबहादुर आलेको घरमा डिजिटल घरनम्वर टाँसेर शिविरको शुभारम्भ गरेका छन् ।

    पालिकाले वडावासीको सहजतालाई मध्यनजर गरि गरिएको एकीकृत घुम्ति शिविरमा योजना सम्झौता, सुझाव तथा परामर्श, समान्य स्वास्थ्य परिक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप संचालन गरिएको थियो ।

    यसैगरि शिविरवाट व्यवसाय दर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, जेष्ठ नागरिक कार्ड, उपभोक्ता समितीसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्वन्धि जानकारी, रक्तचापको जाँच, कृषि वीउ विजनका वितरण, पशुको गोवर परिक्षण, क्रयास्टेशन लगायतको सेवा दिईएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सहजताका लागि घुम्तिशिविर शुरु गरिएको र पालिकाका सवै वडा र टोल टोलमा जाने बताए ।

    उपाध्यक्ष बालकृष्ण घिमिरेले एकीकृत घुुम्ति शिविरले जनतामा उत्साह छाएको बताए । सेवाग्राही ओमबहादुर आलेले सेवाका लागि वडा र पालिकासम्म जानुपर्नेमा घरदैलोसम्म आएर सेवा दिएकोले जनताहरु खुशी भएको बताए ।

    असोज २ देखि संचालन हुने घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने गाँउपालिकाले जनाएको छ ।